ऐच्छिक विषय विवरण तत्काल पठाउन विद्यालयहरूलाई आग्रह

हिमाल प्रेस १९ मंसिर २०८२ ९:१५ | Friday, December 5, 2025
20
SHARES
ऐच्छिक विषय विवरण तत्काल पठाउन विद्यालयहरूलाई आग्रह

तनहुँ- भानु नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई भानु नगरस्तरीय दोस्रो त्रैमासिक परीक्षाका लागि ऐच्छिक विषयसम्बन्धी विवरण तुरुन्त पठाउन अनुरोध गरेको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार प्रश्नपत्र छपाइ तथा वितरण प्रक्रियामा ढिलाइ हुन नदिन विद्यालयहरूले अध्ययनरत विद्यार्थीहरूको ऐच्छिक विषयसम्बन्धी विवरण तोकिएको ढाँचामा मंसिर १८ गते बिहान १०:०० बजेसम्म अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

विद्यालयहरूले विवरण [email protected] इमेलमा पठाउन सक्नेछन्।

प्रकाशित: १९ मंसिर २०८२ ९:१५ | Friday, December 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast