संघीय अनुदान कोटामा विद्यालय कर्मचारी माग

हिमाल प्रेस २४ मंसिर २०८२ १६:५२ | Wednesday, December 10, 2025
1.9k
SHARES
संघीय अनुदान कोटामा विद्यालय कर्मचारी माग

काठमाडौँ- बाँसबारी माध्यमिक विद्यालय महाराजगञ्ज, काठमाडौँले कार्यालय सहयोगी पदमा एक जना महिला आवश्यकता रहेको जनाएको छ। १८ वर्ष पूरा भई ४० वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकबाट आवेदान माग गरिएको हो।

संघीय ससर्त अनुदानअन्तर्गतको कार्यालय सहयोगी पदमा कक्षा ८ उत्तीर्ण शैक्षिक योग्यता तोकिएको छ। करार सेवामा रहने यस पदका लागि उपलब्ध तलब तथा भत्ता संघीय अनुदान र काठमाडौँ महानगरपालिकाले तोकेअनुसार हुनेछ।

दरखास्त दिने अन्तिम २०८२ साल पुल ९ गतेसम्म निर्धारण गरिएको छ भने ११ गते विद्यालयमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ।

अन्तर्वार्तामार्फत मात्र छनोट हुने यस परीक्षाको दस्तुर रु ५०० राखिएको छ। आवश्यक कागजातमा शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रतिलिपि जोड्नुपर्ने छ।

विद्यालयले हस्तलिखित निवेदन सहित आवेदक स्वयं उपस्थित भई दरखास्त बुझाउन अनुरोध गरेको छ। प्रधानाध्यापक नारायणी तिमिल्सेनाले सार्वजनिक गरेको सूचनामा समयमै दरखास्त दिन सबैलाई आग्रह गरिएको छ।

प्रकाशित: २४ मंसिर २०८२ १६:५२ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast