भारत सरकारको सहयोगमा धुर्कोटमा विद्यालय भवन बन्दै

हिमाल प्रेस ८ पुष २०८२ १७:३६
18
SHARES
भारत सरकारको सहयोगमा धुर्कोटमा विद्यालय भवन बन्दै

काठमाडौँ- गुल्मीको धुर्कोट गाउँपालिका–३ स्थित निन्यूखर्क माध्यमिक विद्यालय भवनको आज (मंगलबार) शिलान्यास गरिएको छ। भारत सरकारको आर्थिक सहयोगमा बन्ने भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सेलर गीताञ्जली ब्रैंडन र धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

तीन करोड ८० लाखमा निर्माण भइरहेको सो भवनमा फर्निचर, कक्षा कोठा र अन्य सहयोगी संरचनासहितको दुई तले हुने दूतावासले जनाएको छ। यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको र धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिने दूतावासको भनाइ छ।

प्रकाशित: ८ पुष २०८२ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast