युट्युबमा आयो सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’

हिमाल प्रेस ७ पुष २०८२ १७:४४ | Monday, December 22, 2025
24
SHARES
युट्युबमा आयो सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’

काठमाडौँ- फिल्म ‘हिजो आजका कुरा’ युट्युबमा सार्वजनिक भएको छ। फिल्म हाइलाइटस् नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक साकार पन्त हुन्। साकार वरिष्ठ हास्यकलाकार सन्तोष पन्तका छोरा हुन्।

फिल्म सन्तोषकै लगानीमा बनेको थियो। अमेरिकामा बस्ने परिवार र स्वेदशमा एक्लिएका आमाबाबुको संघर्षको कथा प्रस्तुत गरिएको फिल्ममा पन्तका बाबुछोराले नै अभिनय गरेका छन्।

साथै रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, स्व. जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुसाल, सविन शाक्य, मन्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ।

फिल्म २०७९ सालमा हलमा प्रदर्शन भएको थियो।

यस्तो छ फिल्म

प्रकाशित: ७ पुष २०८२ १७:४४ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast