चलचित्र पत्रकार संघ नेपाल कास्कीमा सन्तोष

हिमाल प्रेस १२ पुष २०८२ १९:४८ | Saturday, December 27, 2025
30
SHARES
चलचित्र पत्रकार संघ नेपाल कास्कीमा सन्तोष

पोखरा- चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन्। संस्थाको शनिबार सातौं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

कार्यसमिति उपाध्यक्षमा गौरव त्रिपाठी, सचिव सुरेश सुनार, सहसचिव सिद्धार्थ गौतम, कोषाध्यक्ष सुरक्षा श्रेष्ठ छन्।

यस्तै सदस्यमा राकेश गुरुङ, प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएको निर्वाचन समिति सदस्य एवं संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए। कार्यकाल ३ वर्षको हुनेछ। यसै गरी केन्द्रीय प्रतिनिधिमा आशीष पुरी र मिलन थापा छन्।

नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष एवं निर्वाचन समिति संयोजक समीर बलामीले शनिबार नै पद तथा गोपनीयताको शपथ गराए। साधारणसभाको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए।

गत भदौमा तय गरिएको अधिवेशन जेनजी आन्दोलनले स्थगित हुन पुगेको थियो। २०६० असार २२ मा जन्मिएको संघमा हाल सदस्य संख्या ८६ पुगेका छन्।

प्रकाशित: १२ पुष २०८२ १९:४८ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast