साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले इस्ट बंगालसँग फाइनल खेल्ने

हिमाल प्रेस २९ मंसिर २०८२ ७:५८ | Monday, December 15, 2025
16
SHARES
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले इस्ट बंगालसँग फाइनल खेल्ने

काठमाडौँ- काठमाडौँमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ।

आइतबार भारतको इस्ट बंगाल एफसीले बंगलादेशको नासिरन स्पोर्टस एकेडेमीमाथि ७-० को सानदार जित हासिल गरेसँगै फाइनल खेल्ने दुई टोलीको टुंगो लागेको हो।

लगातार तेस्रो खेलमा जित हासिल गरेको बंगालले फाइनलमा नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। ​ नासरिनको हारसँगै तीन खेलमा सात अंक जोडेको एपिएफले पनि दोस्रो स्थान सुरक्षित गर्‍यो। आइतबारको नतिजासँगै नासरिन एक खेलअगावै फाइनल समीकरणबाट बाहिरियो। तीनमध्ये नासरिनले दुईमा पराजय र एकमा बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बङ्गालका लागि स्ट्राइकर फाजिला इक्वापुट एक्लैले पाँच गोल गरिन्। त्यस्तै अट्याकिङ मिडफिल्डर ज्योती चोहान र स्ट्राइकर सुलन्जना राउलले एक–एक गोल गरे।

आइतबार नै भएको पहिलो खेलमा ट्राइकर रश्मिकुमारी घिसिङको गोल निर्णायक बनेपछि एपिएफले पाकिस्तानको कराँची सिटी फुटबल क्लबलाई १–० ले हराएको थियो। रश्मिले ५२ औँ मिनेटमा गरेको गोलले जितहारको छिनोफानो गरेको हो। जितसँगै एपीएफको तीन खेलबाट दुई जित र एक बराबरीसहित सात अंक भएको छ।

प्रकाशित: २९ मंसिर २०८२ ७:५८ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast