चुनाव सम्पन्न गर्न पूर्ण सहयोग गर्ने सरकारसँग रास्वपाको प्रतिबद्धता

हिमाल प्रेस ९ पुष २०८२ १८:१५ | Wednesday, December 24, 2025
14
SHARES
चुनाव सम्पन्न गर्न पूर्ण सहयोग गर्ने सरकारसँग रास्वपाको प्रतिबद्धता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिसँगको छलफलका क्रममा रास्वपाका नेताहरुले निर्वाचनका साथै सुशासन कायमका लागि सरकारले चालेका कदमप्रति पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

तोकिएको समयमा नै निर्वाचन हुनुपर्नेमा रास्वपाको मत रहेको र निर्वाचनको तयारीमा गरेको सहयोगप्रति रास्वपाप्रति आभार व्यक्त गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। निर्वाचनका लागि सरकारले गरेको तयारीप्रति रास्वपाले प्रसंसा गरेको खरेलले बताए।

उनले चुनावका सन्दर्भमा सबैलाई विश्वासमा लिनका लागि विभिन्न राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गरेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast