काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच आज एकता हुँदैछ।
दुई पार्टीबीच आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ऐतिहासिक एकता घोषणा समारोह गरेर एकीकरण हुने कार्यक्रम छ।केहीदिन अघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपाल अध्यक्ष कमल थापाले दुई बुँदे एकता सहमति गरेका थिए भने एकीकरण अनुमोदनका लागि राप्रपा नेपालको मंगलबार बैठक बसेको थियो।
प्रकाशित: १६ पुष २०८२ ७:४५ | Wednesday, December 31, 2025
प्रतिक्रिया




