ओलीप्रति रविको कटाक्ष : उहाँले लगाएको गुन तिर्न अदालत धाइरहेको छु

हिमाल प्रेस ७ पुष २०८२ १७:२३ | Monday, December 22, 2025
18
SHARES
ओलीप्रति रविको कटाक्ष : उहाँले लगाएको गुन तिर्न अदालत धाइरहेको छु रास्वपा सभापति रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न अदालतमा तारेखका लागि धाउनुपरेको भन्दै कटाक्ष गरेका छन्।

सोमबार तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगेका लामिछानेले केपी ओलीले आफूलाई गुन लगाएको भन्ने गरेको र त्यही गुन तिर्नका लागि सबै जिल्लामा सातै दिन तारेखका लागि जानुपरेको बताए।

देशभरका अदालतमा धाउनुपर्दा जीउभरी किला ठोकेको जस्तो महशुस भएको उनको भनाइ छ। लामिछानेले अबको सात दिनभित्र सबै अदालतमा गएर हाजिर गर्नुपर्ने अवस्था रहेको सुनाए।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबापत जमानत लिएर रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रिहा भएका थिए।

प्रकाशित: ७ पुष २०८२ १७:२३ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast