निर्वाचन भाँड्ने षड्यन्त्र नगर्न रविको चेतावनी

हिमाल प्रेस ६ पुष २०८२ १७:३६ | Sunday, December 21, 2025
26
SHARES
निर्वाचन भाँड्ने षड्यन्त्र नगर्न रविको चेतावनी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन भाँड्ने षड्यन्त्र नगर्न चेतावनी दिएका छन्।

आइतबार पार्टी कार्यालय वनस्थलीमा पुगेर समर्थकलाई सम्बोधन गर्दै लामिछानेले संसद् पुनर्स्थापनाका नाममा निर्वाचन भाँड्ने षड्यन्त्र गर्न खोजिएको भन्दै यस्तो षड्यन्त्र नगर्न चेतावनी दिएका हुन्।

देश कमजोर भएका बेला एकजुट भएर लाग्नुपर्ने भन्दै लामिछानेले मुलुकलाई लुछ्ने सोच कसैले पनि राख्न जरुरी नरहेको जिकिर गरे।

उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न र सुशासन कायम गर्न सरकारको साथमा रास्वपा रहेको बताए। नयाँ भनिएका शक्तिहरू एकढिक्का भएर चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ।

लामिछानेले दुई तिहाइको दम्भ राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउन फेरि संसद् ब्युँझाउने सपना नदेख्न सुुझाव समेत दिए।

प्रकाशित: ६ पुष २०८२ १७:३६ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast