रवि लामिछाने अब भोलिमात्रै छुट्ने

हिमाल प्रेस ३ पुष २०८२ १९:०४ | Thursday, December 18, 2025
10
SHARES
रवि लामिछाने अब भोलिमात्रै छुट्ने रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि (शुक्रबार) मात्रै छुट्ने भएका छन्।

जिल्ला अदालत रुपन्देहीबाट छुटपूर्जी लिनुपर्ने भएकाले शुक्रबारमात्रै रिहा हुने पार्टीका सचिवालय सदस्य दीपक बोहोराले जानकारी दिए। उनका अनुसार शुक्रबार लामिछानेलाई भैरहवा जिल्ला अदालतमा लगिनेछ।

उनी रिहा हुने खबरपछि थुप्रै समर्थकहरू नख्खु कारागार पुगेका थिए।

सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनलाई अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिगो बराबर धरौटी माग गरेर छाड्न आदेश दिएको हो।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि साउन २६ गते जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्लाको आदेश बदर गरी पुर्पक्षका लागि तारेखमा राख्न पाउँ भनी उच्चमा निवेदन दर्ता भएको थियो।

प्रकाशित: ३ पुष २०८२ १९:०४ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast