मिराज ढुंगाना र सुदन गुरुङको संसद् पुनर्स्थापना गर्ने अभिव्यक्तिप्रति रक्षा बमको असन्तुष्टि

हिमाल प्रेस ७ पुष २०८२ ७:५४ | Monday, December 22, 2025
20
SHARES
मिराज ढुंगाना र सुदन गुरुङको संसद् पुनर्स्थापना गर्ने अभिव्यक्तिप्रति रक्षा बमको असन्तुष्टि

काठमाडौँ- जेनजी अभियान्ता रक्षा बमले अर्का जेनजी मिराज ढुंगाना र जेनजी अगुवा सुदन गुरुङलाई संसद पुनस्थापना र सर्वपक्षीय सरकारको माग गर्दै नहिँड्न कडा चेतावनी दिएकी छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बमले पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ चेतावनी दिएकी हुन् ।

‘चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्’, उनले भनेकी छन्, ‘भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस्। तपाईँले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।’

उनले हाम्रो राजनीतिक कोर्स धेरै अगाडि बढिसकेकाले अब पश्चगामी बाटोतर्फ नगई नयाँ जनादेशलाई लिएर अगाडि बढ्न सुझाएकी छन्। उनले अब नयाँ संसदमार्फत् मुलुकलाई निकास दिनुपर्ने त्यहीबाट माग सम्बोधनको बाटो खोज्नुपर्नेमा जोड दिएकी छन्।

‘जेनजी मित्र र जेन जीका दाई दुवैलाई भन्न चाहन्छु, तपाईंहरू दुबैले जुन संसद पुनस्थापना को कुरा गरिरहनु भएको छ, हाम्रो देशको राजनैतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ’, उनले भनेकी छन्, ‘अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसद मार्फत मुलुकलाई निकास दिदै, हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ ।’

प्रकाशित: ७ पुष २०८२ ७:५४ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast