राजेन्द्र गौतमले उपमहासचिवबाट फिर्ता लिए उम्मेदवारी

हिमाल प्रेस १ पुष २०८२ ९:३९ | Tuesday, December 16, 2025
20
SHARES
राजेन्द्र गौतमले उपमहासचिवबाट फिर्ता लिए उम्मेदवारी

काठमाडौँ- नेकपा एमालेका नेता राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन्। गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएको हिमाल प्रेसलाई जानकारी दिए।

गौतम यसअघि एमालेको प्रचार विभाग प्रमुख हुन्। उनी केपी ओली टिमबाटै उपमहासचिवको आकांक्षी थिए। तर टिममा नपरेको कारण स्वतन्त्ररूपमा उम्मेदवारी दिएका थिए।

अब ओलीको टिमबाट रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल उपमहासचिवको उम्मेदवार छन् भने ईश्वर पोखरेलको टिमबाट योगेश भट्टराई, आनन्दप्रसाद पोखरेल, वैजनाथ चौधरी उम्मेदवार छन्। एमाले अध्यक्षमा भने ओली र ईश्वरले उम्मेदवारी दिएका छन्। काठमाडौँको भृकुटीमण्डपमा केहीदेखि महाधिवेशन जारी छ।

प्रकाशित: १ पुष २०८२ ९:३९ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast