‘झरीपछिको इन्द्रेणी’ ले पायो देशभर करिब ६० सो

हिमाल प्रेस ३ पुष २०८२ ११:२१ | Thursday, December 18, 2025
20
SHARES
‘झरीपछिको इन्द्रेणी’ ले पायो देशभर करिब ६० सो

काठमाडौँ- पुस ४ गतेअर्थात् भोलिदेखि प्रदर्शन हुने फिल्म ‘झरीपछिको इन्द्रेणी’ को टिकट बुकिङ खुलाइएको छ। देशभरका हलले बुधबारबाट नै टिकट बुकिङ खुलाएका छन्।

देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स, आइएनआई सिनेमाज, बिग मुभिज, एफक्युब सिनेमाजलगायत हलले टिकट बुकिङ खुलाइसकेको छ।

क्युएफएक्स सिनेमाजले काठमाडौँ उपत्यका र मोफसलमा ११/११ सोसहित २२ सो दिएको छ। दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले ६ सो, बिग मुभिजले २ सो, एफक्युब सिनेमाले २ सोसहित फिल्मले देशभर ६० सो पाएको छ।

चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ। फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। फिल्मको रनटाइम २ घण्टा १९ मिनेट रहेको छ।

फिल्मका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ हुन्। फिल्ममा समावेश ‘आम नेपाली बुबा’ दर्शकले निकै रुचाएका छन्। गीत काठमाडौँ महानगरपालिकाका मेयर तथा र्यापर बालेन्द्र शाह (बालेन) ले गाएका छन्।

नागराज इन्टरटेन्मेन्ट प्रा.लिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन्। गणेशसहित फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारको अभिनय छ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको फिल्मको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको सहकार्य छ।

प्रकाशित: ३ पुष २०८२ ११:२१ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast