समानुपातिक निर्वाचन प्रणाली : ६४ दल, ५८ वटा चुनाव चिह्न [सूचीसहित]

हिमाल प्रेस १६ पुष २०८२ १३:१५ | Wednesday, December 31, 2025
14
SHARES
समानुपातिक निर्वाचन प्रणाली : ६४ दल, ५८ वटा चुनाव चिह्न [सूचीसहित] निर्वाचन आयोग

काठमाडौँ- फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ती दलबाट ५८ वटा निर्वाचन चिह्नमा उम्मेदवारको बन्दसूची पेस भएका हुन्।

आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते बन्दसूची पेस गर्ने कार्यतालिका तोकिएको थियो। बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा राजनीतिक दलले आआफ्नो निर्वाचन चिह्नमा बन्दसूची पेस गरेका छन्।

आयोगका अनुसार १० वटा राजनीतिक दलले ४ वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन्। नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टीको एकल चुनाव चिह्न घर रहेको छ।

यसैगरी राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालको जाँतो चिह्न रहेको छ। आम जनता पार्टी र जनादेश पार्टी नेपालको मोबाइल, सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालको सिंह रहेको छ।

संविधानको धारा ८४ को १ (क) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने र सोही धाराको उपधारा १ (ख) मा निर्वाचन प्रणालीतर्फ सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने व्यवस्था छ।

प्रकाशित: १६ पुष २०८२ १३:१५ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast