काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष सुदन किराँतीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई चार बुँदे मागपत्र बुझाउँदै देशभित्रै शिक्षा क्षेत्रको आमूल सुधारको नीति तत्काल लागू गर्न आग्रह गरेका छन्।
मागपत्रमा विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिने झन्झटिलो प्रक्रिया हटाई, यसको सट्टा सरल र द्रुत प्रक्रियाबाट स्वीकृति दिने व्यवस्था यथाशीघ्र गर्नुपर्ने उल्लेख छ।
मागमा भनिएको छ,‘देशभित्रै शिक्षा क्षेत्रको आमूल सुधारको नीति तय गरी तत्काल लागु गरियोस्। तत्कालको लागि विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरूलाई ‘नो अब्जेक्सन लेटर’ लिने झन्झटिलो प्रक्रिया हटाई सरल र द्रुत प्रक्रियाबाट स्वीकृति दिने व्यवस्था यथाशीघ्र गरियोस्।’
प्रकाशित: १८ मंसिर २०८२ १०:५७
प्रतिक्रिया



