प्रियंका अभिनीत हरर फिल्म ‘ममी’ युट्युबमा सार्वजनिक

हिमाल प्रेस ३ पुष २०८२ १२:१३ | Thursday, December 18, 2025
38
SHARES
प्रियंका अभिनीत हरर फिल्म ‘ममी’ युट्युबमा सार्वजनिक

काठमाडौँ- प्रियंका कार्की अभिनीत हरर फिल्म ‘ममी’ युट्युबमा सार्वजनिक भएको छ। फिल्म श्रीकृष्ण निरौलाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

फिल्मले हलमा सोचेअनुसार व्यापार गर्न सकेन। फिल्म गतवर्ष माघमा प्रदर्शन गरिएकाे थियाे।

हररसहित फ्यामिली ड्रामा जनरामा बनेको फिल्मका निर्देशक समर निरौला हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो।

फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारले अभिनय गरेका छन्।

समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको फिल्मका निर्माता लोक राज जोशी र पूर्णिमा जोशी हुन्।

https://www.youtube.com/watch?v=M-VOcM5ZiQI

प्रकाशित: ३ पुष २०८२ १२:१३ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast