नागरिकता नपाउँदा बर्दियाकी एक युवतीले ज्यान गुमाएपछि प्रधानमन्त्री कार्कीले मागिन् माफी

हिमाल प्रेस २० मंसिर २०८२ २०:२९ | Saturday, December 6, 2025
60
SHARES
नागरिकता नपाउँदा बर्दियाकी एक युवतीले ज्यान गुमाएपछि प्रधानमन्त्री कार्कीले मागिन् माफी

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन्।

प्रधानमन्त्री कार्कीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको जानकारी गराएकी हुन्।

प्रधानमन्त्री कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उनका ६१ वर्षीय बाबुले समेत ज्यान गुमाएको घटनाले मर्माहित बनाएको जनाएकी छन्।

उनले भनेकी छन्, ‘उहाँहरूको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो, न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु। यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छु।’

नागरिकतालगायत लैङ्गिक आधारमा हुने कुनै पनि प्रकारको विभेद् र हिंसा सह्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले न्यायको मार्गमा सबै पक्षले सहजीकरण गर्न अपिलसमेत गरेकी छन्।

प्रकाशित: २० मंसिर २०८२ २०:२९ | Saturday, December 6, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast