प्रधानमन्त्रीद्वारा एनपीएल विजेतालाई बधाई

हिमाल प्रेस २७ मंसिर २०८२ २०:२९ | Saturday, December 13, 2025
14
SHARES
प्रधानमन्त्रीद्वारा एनपीएल विजेतालाई बधाई प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विजेता टोलीलाई बधाई दिएकी हुन्।

बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छन्,‘राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद।’

लुम्बिनी लायन्सले शनिबार भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै एनपीएलको उपाधि जितेको हो। सुदूरपश्चिम भने दोस्रोपटक पनि उपविजेतामै समेटिएको छ।

प्रकाशित: २७ मंसिर २०८२ २०:२९ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast