प्रधानमन्त्रीले बोलाइन् सर्वदलीय बैठक, निर्वाचनबारे छलफल हुने

हिमाल प्रेस १८ मंसिर २०८२ १४:१७ | Thursday, December 4, 2025
14
SHARES
प्रधानमन्त्रीले बोलाइन् सर्वदलीय बैठक, निर्वाचनबारे छलफल हुने

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको हो।

बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ।

निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन्।

प्रकाशित: १८ मंसिर २०८२ १४:१७ | Thursday, December 4, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast