एमाले महाधिवेशनको तयारी तीब्र

हिमाल प्रेस २५ मंसिर २०८२ १७:०८
6
SHARES
एमाले महाधिवेशनको तयारी तीब्र

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहका लागि भक्तपुरको सल्लाघारीमा आवश्यक तयारी तीव्र बनाइएको छ। सल्लाघारी चौरमा मञ्च लगायतका अन्य अस्थायी पूर्वाधार निर्माणको कार्यलाई तीव्र पारिएको हो।

उद्घाटन स्थलमा मञ्च निर्माणका साथै शौचालय, अतिथिहरुलगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण कार्य तिब्र पारिएको छ।

यही मंसिर २७ गते सल्लाघरी चौरमा उद्घाटनसत्र सुरु गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने तथा २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र एवं निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयन गरिने एमालेले जनाएको छ।

महाधिवेशनलाई सफल बनाउन आवश्यक सबै तयारी तीव्र ढंगले अघि बढेको एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए। उनले पार्टीको नेतृत्व सकेसम्म सहमति र सहमति नभए लोकतान्त्रिक विधिबाट टुंगो लगाउने बताए। दाहालले पदाधिकारीमा आफ्नो दावेदारी रहने भन्दै नेताहरुसँग छलफल भइरहेको जिकिर गरे।

राष्ट्रिय महाधिवेशन आउन केही दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समेत नेताहरुको चहलपहल बाक्लो भएको छ। पार्टी नेतृत्वबारे छलफल र उम्मेदवारका विषयमा नेता तथा कार्यकताहरु समेत छलफलमा व्यस्त छन्। एमालेले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरिसकेको छ।

प्रकाशित: २५ मंसिर २०८२ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast