निर्वाचनको वातावरण बनाउन प्रलोपाको माग

हिमाल प्रेस २ पुष २०८२ २०:२९ | Wednesday, December 17, 2025
26
SHARES
निर्वाचनको वातावरण बनाउन प्रलोपाको माग

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले फागुन २१ को निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहितरूपमा सम्पन्न गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ।

काठमाडौँमा दुई दिन बसेको प्रलोपाको केन्द्रीय समितिको पूर्ण बैठकले १५ बुँदे प्रस्ताव पारित गर्दै यस्तो माग गरेको हो।

प्रलोपाले विदेशमा रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदात गर्ने व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गराएको छ। त्यस्तै उसले अन्तर जिल्ला तथा अन्तर निर्वाचन क्षेत्रमा रही मतदातालाई मतदानको व्यवस्था गर्न समेत माग गरेको छ।

जनार्दन शर्माको संयोजकत्वमा निर्माण गरिएको निर्वाचन परिचालन तथा वार्ता संवाद समितिमा सन्तोष परियार, ओजस्वी भट्टराई, सत्यनारायण भगत बिन, लक्ष्मी गुरुङ र घमानसिंह गुरुङ (जीएस) सदस्य रहेको प्रलोपाले जनाएको छ।

लोकतन्त्रको आवरणमा भ्रष्टाचार, नेतातन्त्र मौलाएको भन्दै प्रलोपा बैठकले अगामी निर्वाचनबाट उम्मेवदारलाई अस्वीकार गर्ने अधिकार (राइट टु रिजेक्ट) को व्यवस्था गर्न माग गरेको छ।

प्रकाशित: २ पुष २०८२ २०:२९ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast