प्रलोपाले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस २९ मंसिर २०८२ १२:४५ | Monday, December 15, 2025
296
SHARES
प्रलोपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टी एकतापछि पहिलो केन्द्रीय समिति बैठक आगामी मंगलबार र बुधबारका लागि बोलाएको छ।

बैठक काठमाडौँको नयाँ बजारस्थित सासा ब्यान्क्वेटमा बस्ने प्रचार विभागले जानकारी दिएको छ। बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहनेछ।

बैठकले पार्टीको संगठनात्मक संरचना, आगामी राजनीतिक कार्यदिशा, नीति तथा कार्यक्रम, आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल गरी महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ।

प्रलोपामा युवापुस्ताको उल्लेखनीय सहभागिता छ। विशेषगरी जेनजी पुस्ताबाट ओजश्वी भट्टराई अध्यक्ष परिषद्मा छिन्।

पार्टी नेतृत्व र वैचारिक धारका सन्दर्भमा सन्तोष परियार, डा.बाबुराम भट्टराई र जनार्दन शर्माबीचको सहकार्यलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: २९ मंसिर २०८२ १२:४५ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast