प्रकाश पौडेल एमालेको केन्द्रीय सदस्यको उम्मेदवार

हिमाल प्रेस २९ मंसिर २०८२ ९:०१ | Monday, December 15, 2025
32
SHARES
प्रकाश पौडेल एमालेको केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौँ- नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा युवाहरूले केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिएका छन्। पार्टीले युवालाई क्लष्टर नै छुट्याएपछि झनै बढी आकांक्षा बढेको छ।

यो महाधिवेशनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका पूर्वनेता प्रकाश पौडेलले पनि उम्मेदवारी दिने भएका छन्। यसअघि अखिलको अध्यक्षमा झिनो मतले डा.सुजन कडरियासँग हार व्यहोरेका प्रकाश यसपटक पार्टीको केन्द्रीय सदस्यमा लड्दैछन्।

कडरियासँग ७ मतले हार व्यहोरे पौडेल पार्टी राजनीतिमा सक्रिय छन्। यता कडरिया भने जेनजी आन्दोेलनमा अध्यक्षबाट राजीनामा दिएपछि हाल कुनै पदमा छैनन्। अनेरास्ववियुको दोस्रो स्तरको नेतृत्वको दबाबका कारण कडरियाले अध्यक्ष पद समेत गुमाउन पुगे। पौडेल भने यसअघि गृहजिल्ला म्याग्दीबाटै सर्वसम्मत महाधिवेशन प्रतिनिधि चुनिएका थिए। उनले युवाको नेतृत्वको विषयलाई एजेन्डा बनाएर मत मागिरहेका छन्।

पार्टीको निर्वाचन आयोगले बेलुका उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। महाधिवेशनमा मतदान भने पुस १ मा मात्र हुँदैछ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्दैछन्।

प्रकाशित: २९ मंसिर २०८२ ९:०१ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast