प्रदीप ज्ञवालीले मागे ओली टिमलाई भोट

हिमाल प्रेस १ पुष २०८२ ७:५२
42
SHARES
प्रदीप ज्ञवालीले मागे ओली टिमलाई भोट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा एमालेको केपी शर्मा ओली प्यानलबाट महासचिव पद नपाएपछि असन्तुष्ट रहेका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य पदमा मत मागेका छन्। उनले सामाजिक सन्जालमार्फत ओलीले अगुवाइ गरेको टिमलाइ जिताउन र आफूलाई केन्द्रीय सदस्यमा मत दिन अनुरोध गरेका हुन्।

‘आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । नेकपा एमालेको आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु ।’ उनले भनेका छन्।

१० औँ महाधिवेशनमा उपमहासचिव रहेका ज्ञवाली यसपटक महासचिव पदका प्रवल दाबेदार थिए। तर ओलीले ज्ञवालीलाई उपाध्यक्षमा थन्क्याएर महासचिवमा श‌ंकर पोखरेललाई दोहोर्‍याउने निर्णय लिए। ओलीको निर्णयका कारण ज्ञवाली असन्तुष्ट बने र केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए। एमालेको ११ औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ। दुई समूहमा विभाजित नेतृत्व चयन आज १२ बजेपछि मतदानमार्फत हुँदैछ। एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्दैछन्।

प्रकाशित: १ पुष २०८२ ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast