काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल केहीबेर अघि नेता झलनाथ खनाल निवास पुगेका छन्।
जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी खनाल पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका हुन्।
उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिएका छन्। केहीदिनअघि मात्रै चित्रकार नेपाल फर्किएकी हुन्।
प्रकाशित: ९ पुष २०८२ १०:४६ | Wednesday, December 24, 2025
प्रतिक्रिया



