पोखरा रोयल वित्तीय कारोबारको इजाजतपत्र पाउने पहिलो संस्था

हिमाल प्रेस २६ मंसिर २०८२ १५:२८
8
SHARES
पोखरा रोयल वित्तीय कारोबारको इजाजतपत्र पाउने पहिलो संस्था

पोखरा– पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था वित्तीय कारोबारको इजाजतपत्र पाउने पहिलो संस्था बन्न सफल भएको छ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुले वित्तीय कारोबारका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र लिनुपर्ने व्यवस्थाबमोजिम पोखरा रायलले पहिलो इजाजतपत्र लिएको हो।

प्राधिकरणले गत १० मंसिरदेखि बचत ऋणको मुख्य कारोबार गर्ने सबै सहकारीका लागि अनलाइन अभिलेखीकरण कार्य सुरु गरेको थियो। प्राधिकरणले बुधबारबाट इजाजतपत्र जारी गर्न सुरु गरेको हो।

सहकारी दर्ता पोर्टलमा हालसम्म १ हजार १ सय ६० सहकारी इन्ट्री भए तापनि १ सय १३ वटा सहकारीले सम्पूर्ण प्रक्रिया पूरा गरेको र ती संस्थाहरुको क्रमशः इजाजतपत्र अनलाइन सिस्टमबाटै जारी हुने जनाइएको छ।

तीमध्ये गण्डकी प्रदेशबाट मात्रै १७ वटा सहकारीले दर्ता प्रक्रिया पूरा गरेको सहकारी नियमन प्राधिकरण अध्यक्ष खगराज शर्माले बताए।

पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल सहकारी २०५९ सालमा स्थापना भएको हो। सहकारीका हाल दुलेगौंडा, भण्डारढिक र मोहरियामा पनि सेवा केन्द्र सञ्चालित रहेको सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए।

उनका अनुसार सहकारीका १० हजार ४ सय सदस्य छन् भने २ अर्ब ६५ करोड बराबरको बासलात छ।

प्रकाशित: २६ मंसिर २०८२ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast