पाटनमा कला तथा सांस्कृतिक महोत्सव-२०८२ हुँदै

हिमाल प्रेस १६ मंसिर २०८२ १७:०९
4
SHARES
पाटनमा कला तथा सांस्कृतिक महोत्सव-२०८२ हुँदै

काठमाडौँ- ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा यही बुधबारदेखि कला तथा सांस्कृतिक महोत्सव-२०८२ हुने भएको छ। महोत्सव नेपाल हस्तकला महासंघले आयोजना गरेको हो।

नेपाली कला र संस्कृतिको परिचायक हस्तकलाका सामग्रीको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागेको महासंघले जनाएको छ।

महोत्सवको बाग्मती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्घाटन गर्नेछन्। प्रदर्शनीमा करिब २१ वटा ‘क्यानोपे’ र १० वटा टेबल स्टल रहने महासंका अध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिए।

उनकाअनुसार हस्तकलाका सामग्रीसहित महोत्सवमा बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना, जातीय पोसाक, शास्त्रीय संगीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका र कात्तिक नाच, लोकनृत्यलगायत धाः बाजा, दमोखिं बाजा, नेपाल भाषाका लोकगीतको प्रस्तुति रहनेछ।

बिहान १० बजेदेखि साँझ सात बजेसम्म खुल्ला रहनेछ। महोत्सव यही २१ मंसिरसम्म चल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast