विदेशीको योजनामा पार्टी गठन भइरहेको छ : लिङदेन

हिमाल प्रेस १२ पुष २०८२ १६:५४ | Saturday, December 27, 2025
28
SHARES
विदेशीको योजनामा पार्टी गठन भइरहेको छ : लिङदेन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको योजना अनुसार केही नयाँ राजनीतिक पार्टी गठन भएको आरोप लगाएका छन्।

शनिबार झापाको बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै लिङ्देनले आगामी निर्वाचनमा कुन पार्टीले जित्ने वा हार्नेदेखि केही नयाँ राजनीतिक पार्टी गठन समेत विदेशीको योजनामा भइरहेको आरोप लगाएका हुन्।

उनले मुलुकमा चरम वैदेशिक हस्तक्षेप भएको र संकटको अवस्थामा रहेको बताए। अहिलेको अवस्थामा देशलाई जोगाउनका लागि राप्रपाको विकल्प नभएको उनको भनाइ छ। उनले पुराना भनिएका कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट अब देश नबन्ने उल्लेख गरे।

त्यस्तै लिङ्देनले चुनाव नै नभएको अवस्थामा केही नयाँ भन्नेहरूले प्रधानमन्त्री पद बाँडफाँट गर्न लागेको तर्क गरे। मुलुकको वर्तमान अवस्था र संविधानबाट देशलाई दुर्घटनाबाट जान रोक्न नसकिने उनले बताए।

लिङ्देनले देशलाई जोगाउनका लागि चुनावभन्दा अगाडि नै राजा, राजनीतिक दल, जेनजी युवा र अरू सरोकारवालाको सम्मेलनबाट नयाँ समझदारी कायम गरेर नयाँ व्यवस्था कायम गरेर जानुपर्ने बताए।

प्रकाशित: १२ पुष २०८२ १६:५४ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast