नेपाल पञ्चांग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी

हिमाल प्रेस २४ मंसिर २०८२ ७:१० | Wednesday, December 10, 2025
20
SHARES
नेपाल पञ्चांग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी

काठमाडौँ- नेपाल पञ्चांग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो। पन्थीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाबाट नियुक्तिपत्रसमेत लिएका छन्।

आचार्य पन्थी खुला प्रतिस्पर्धाबाट समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्। समितिको कार्यकारी निर्देशकमा पन्थीसँगै श्रीकेश कौशिकको नाम सिफारिस भएको थियो।

नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारीधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय सङ्घसंस्थामा क्रियाशील छन् । उनले नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासंघ, विश्व ज्योतिष महासंघ, आध्यात्मिक पत्रकार समाज, विश्व हिन्दू महासंघलगायतका विभिन्न संस्थाको नेतृत्व तहमा रहेर काम गरिसकेका छन्।

प्रकाशित: २४ मंसिर २०८२ ७:१० | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast