हलमा लाग्यो पाँडे निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’

हिमाल प्रेस ४ पुष २०८२ १०:४३ | Friday, December 19, 2025
32
SHARES
हलमा लाग्यो पाँडे निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’

काठमाडौँ- अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ आजदेखि हलमा लागेको छ। सामाजिक विषयवस्तुमा आधारित फिल्ममा अहिलेको देशको समसामयिक विषयवस्तु समेटिएको छ।

फिल्ममा निर्देशक पाँडेसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।

नागराज इन्टरटेन्मेन्ट प्रा.लि.ले निर्माण गरेको फिल्मको कथा निर्देशक स्वयंले लेखेका हुन्। पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले सहकार्य गरेका छन्।

प्रकाशित: ४ पुष २०८२ १०:४३ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast