पम्फा भुसाल प्रत्यक्ष चुनाव नलड्ने, समानुपातिकमा पनि नबस्ने

हिमाल प्रेस १३ पुष २०८२ १४:१२
18
SHARES
पम्फा भुसाल प्रत्यक्ष चुनाव नलड्ने, समानुपातिकमा पनि नबस्ने

काठमाडौँ- नेकपाको सचिवालय सदस्य तथा पूर्वमन्त्री पम्फा भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभामा सदस्य निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार नहुने घोषणा गरेकी छन्। ललितपुर-३ सहित देशका विभिन्न क्षेत्रबाट उम्मेदवार बन्न आएको प्रस्तावलाई धन्यवाद दिँदै भुसालले आइतबार सामाजिक सञ्जालमार्फत उम्मेदवार नहुने घोषणा गरेकी हुन्।

‘फागुन २१ मा हुने निर्वाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन। प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद,’ भुसालले लेखेकी छन्, ‘तत्कालीन माओवादीको तर्फबाट दुईपटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार हुँ। त्यसमाथि पनि काठमाडौँ उपत्यकाजस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चिउरा चपाउनु जस्तै हो। आगामी निर्वाचनमा उठ्नेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन्। यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु।’

पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेकोले अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ। यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताउँदै अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्ने लेखेकी छन्। ‘अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ,’ भुसालको भनाइ छ।

प्रकाशित: १३ पुष २०८२ १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast