काठमाडौँ– पकिस्तानको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली जासुसी एजेन्सी ‘इन्टर–सर्भिस इन्टेलिजेन्स (आईएसआई)’ का पूर्वप्रमुखलाई १४ वर्ष जेल सजाय सुनाइएको छ।
उनलाई राज्यको गोप्यताको उल्लंघन र अख्तियारको दुरुपयोगलगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको सेनाले बिहीबार जनाएको हो।
जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रहेर व्यक्तिहरूलाई गलत क्षति पुगाएको अभियोगमा दोषी ठहर गरिएको सेनाले विज्ञप्ति मार्फत जनाएको छ।
सन् २०२३ मा प्रकाशित सर्वोच्च अदालतको कागजातअनुसार फैज हमिदमाथि शक्तिको दुरुपयोग र निजी व्यवसायमा छापा मारेको आरोप लगाइएको छ।
गुप्तचर प्रमुखलाई पाकिस्तानी सेनाको दोस्रो सबै भन्दा शक्तिशाली पद मानिन्छ।
लामो कानुनी कार्यवाहीपछि अभियुक्तलाई सबै अभियोगमा दोषी ठहर गरी अदालतले १४ वर्षको कारावासको सजाय सुनाएको विज्ञप्तिमा जनाइएको छ।
विज्ञहरूका अनुसार फैज हमिद इमरान खानका कट्टर समर्थक थिए। शीर्ष नेताहरूको समर्थन गुमेपछि उनलाई अविश्वास मतद्वारा हटाइएको थियो।
सेना प्रमुखको प्रतिष्ठित पदका लागि दावेदारका रूपमा रहेका जनरल, फैज हमिदले खानले सत्ता गुमाएको केही महिनापछि प्रारम्भिक सेवा निवृत्ति लिएको जनाइएको छ।
यसलगत्तै उनलाई पाकिस्तानी सेना ऐन उल्लंघन गरेको पनि आरोप लगाइएको थियो।-रासस/एएफपी



