सतुंगलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस १ पुष २०८२ १४:१५
12
SHARES
सतुंगलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ- चन्द्रागिरि नगरपालिका-१२ सतुंगलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रदेश ३-०२-००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२-०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा प्रदेश ३-०२-००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहको छ।

प्रकाशित: १ पुष २०८२ १४:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast