डडेलधुरामा जिप र अटो ठोक्किँदा एकको मृत्यु, अटो चालक फरार

हिमाल प्रेस १२ पुष २०८२ ७:४४ | Saturday, December 27, 2025
10
SHARES
डडेलधुरामा जिप र अटो ठोक्किँदा एकको मृत्यु, अटो चालक फरार

डडेलधुरा- डडेलधुराको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे आलिताल गाउँपालिका–४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भिनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो।

परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो। दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन्।

उनको अवस्था गम्भीर भएपछि जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए। उक्त अटोमा चालकसहित तीन जना सवार थिए ।

दुर्घटनापछि अटो चालक गोपाल मगर फरार छन्। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। जिपमा सवार तीनैजना सकुशल रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ पुष २०८२ ७:४४ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast