६५ लाख रकमसहित एक पक्राउ

हिमाल प्रेस १५ पुष २०८२ १६:३९ | Tuesday, December 30, 2025
14
SHARES
६५ लाख रकमसहित एक पक्राउ

दाङ- तुलसीपुर उपमहनगरपालिका-६ गोलौराका एक युवकलाई चोरी गरेको रु ६५ लाख १७ हजार रकमसहित नेपाल प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो।

केसी सोमबार राति मात्र काठमाडौँबाट घर फर्किएका हुन्। उनले चोरी गरिरहेको सिसिटिभी फुटेज कैदका आधारमा उनको घरमा खोजतलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

काठमाडौँको विशालनगरमा रहेको डिसहोम फाइबरनेटका सञ्चालकको घरबाट चोरी गरिरहेको सिसिटिभी फुटेज प्रहरीलाई प्राप्त भएपछि प्रहरीले निजको घर यकिन गरी रातभर निगरानी गरेको थियो।

केसीलाई आज सो रकमसहित प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका केसीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ पुष २०८२ १६:३९ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast