ज्योति मगरसँग ओली [तस्बिरहरू]

हिमाल प्रेस २ पुष २०८२ १२:२८ | Wednesday, December 17, 2025
16
SHARES
ज्योति मगरसँग ओली [तस्बिरहरू]

काठमाडौँ-  नेकपा एमालेको ११ ‍औँ महाधिवेशन केही दिनदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ। एमाले महाधिवेशनमा दुई समूहबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ। नेतादेखि कलाकारसम्म आफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरिरहेका  छन्।

एमालेको महाधिवेशनमा गायिका ज्योति मगर पनि  प्रचारमा खटिएकी छन्। मतदानका दिन पनि मगर एमाले महाधिवेशन स्थल पुगेर एमालेका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग तस्बिर खिचाएकी छन्।

महाधिवेशनस्थलमा उनीसँग एमालेका नेताकार्यकर्ताले तस्बिर खिचाइरहेका दृश्य सामाजिक सञ्जालमा पोस्ट गरिएका छन्। मोडलसमेत रहेकी मगरका केही गीतमा अश्लीलता झल्किने खालको अभिनय गरेको भनेर आलोचना हुँदै आएको छ।

एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि मतदान भइरहेको छ। काठमाडौँको भृकुटीमण्डपमा एमाले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो। १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ प्रतिनिधि छन्।

पार्टीको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ। नयाँ नेतृत्व छनोटका लागि मतदान जारी रहदा उम्मेदवारका समर्थकहरुले प्रचारप्रसार गरिरहेका छन्।

तस्बिर : ओली सचिवालय

प्रकाशित: २ पुष २०८२ १२:२८ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast