काठमाडौँ- नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सपथ लिएका छन्। ११ औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले पद तथा गोपनियताको सपथग्रहण दिलाएका हुन्।
उनी प्रतिस्पर्धि ईश्वर पाखरेललाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका छन्। ओलीले १ हजार ६६३ मत प्राप्त गरे।
ओली तेस्रोपटक एमाले अध्यक्षमा निर्वाचित भएका हुन्।
आफू अध्यक्षमा लड्न विधानमा भएको ७० वर्षे उमेर हद तथा दुईपटक पदाधिकारी बन्न नपाउने व्यवस्था हटाउन लगाएका थिए।
११ औँ महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारीहरूलाई अध्यक्ष ओलीले सपथ दिलाए।
प्रकाशित: ३ पुष २०८२ १७:४३ | Thursday, December 18, 2025
प्रतिक्रिया



