नेतृत्वमाथि हात हाले देश ठप्प पार्न कार्यकर्तालाई ओलीको निर्देशन

हिमाल प्रेस ३ पुष २०८२ १९:४८
30
SHARES
नेतृत्वमाथि हात हाले देश ठप्प पार्न कार्यकर्तालाई ओलीको निर्देशन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। बिहीबार महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको सपथग्रहणपछि पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेतृत्वमाथि भौतिक आक्रमण गर्ने कूकर्मको थालनी गरिएको भन्दै ओलीले आन्दोलनका लागि तयारी रहनसमेत निर्देशन दिए।

‘नेकपा एमालेको नेतृत्वमाथि प्रचारको हल्लाले भएन। अब भौतिक आक्रमणद्वारा हमला गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्महरूको फेरि थालनी गर्ने हल्ला मच्चाइएको छ,’ उनले भने,‘यो मिडिया ट्रायल यथार्थ हल्ला हुनसक्दछ। एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्दछ, यो सरकार ढल्नुपर्दछ।’

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने बताए। उनले सरकार ढाल्न देशभरबाट तयारी अवस्थामा रहन कार्यकर्ताहरूलाई निर्देशन दिए।

ओलीले वर्तमान सरकार चूनाव गराउने म्याण्डेडबाट बाहिर गएको आरोप लगाए। उनले अदालतले राष्ट्रको जटिलतालाई मध्यनजर गर्दै संवैधानिक व्यवस्थामा देशलाई फर्काउन संसद पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे।

उनले निर्वाचन प्रचारप्रसारका लागि बनाइएको आचारसंहिताप्रति पनि आपत्ति जनाए।

अध्यक्ष ओलीले जाँचबुझ आयोगको कामप्रति पनि असन्तुष्टी जनाउँदै अर्को आयोग बनाउन माग गरे। एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान सुरु गर्न गर्न आह्वान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ। यसैबीच एमालेले शुक्रबार दिउँसो १ बजे पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आह्वान गरेको छ।

प्रकाशित: ३ पुष २०८२ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast