काठमाडौँ- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन भएको छ । शनिबार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गरेका हुन्।
पार्टीका हजारौँ हजार नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थितिमा भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा ओलीले महाधिवेशनको समुद्घाटन गरेका हुन्। ओलीले उद्घाटन गरेसँग पार्टीको ११ औ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ।
महाधिवेशनको बन्दसत्र भोली र पर्सी काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।
प्रकाशित: २७ मंसिर २०८२ १३:५२ | Saturday, December 13, 2025
प्रतिक्रिया



