एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

हिमाल प्रेस २९ मंसिर २०८२ १५:५३ | Monday, December 15, 2025
36
SHARES
एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

काठमाडौँ- नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। पार्टीको नयाँ नेतृत्व चयन गर्न भइरहेको महाधिवेशनमा ओली र पोखरेलले उम्मेदवारी दिएका हुन्।

११ औँ महाधिवेशनमा ओली र पोखरेल प्यानलै बनाएर चुनावी मदैनामा उत्रिएका छन्।

महाधिवेशनस्थल भृकुटीमण्डपमा दुवै जनाले उम्मेदवारी दर्ता गराएका हुन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि उम्मेदवारी दर्ता गराए।

ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् भने पोखरेलले पहिलोपटक अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका छन्। एमालेको अध्यक्षलगायतका पदाधिकारी चुन्न मंगलबार मतदान हुनेछ।

२०७८ सालमा भएको पहिलो विधान महाधिवेशनले पार्टी नेतृत्वका लागि ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान लागू गरेको थियो। तर, ओलीले पुनः पार्टी नेतृत्वमा फर्किन गोदाबरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट यो प्रावधान हटाउन लगाएका थिए।

प्रकाशित: २९ मंसिर २०८२ १५:५३ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast