एनपीएल : सुदूरपश्चिमले विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने, गुप्टिल फर्किए

हिमाल प्रेस २० मंसिर २०८२ ११:१०
4
SHARES
एनपीएल : सुदूरपश्चिमले विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने, गुप्टिल फर्किए

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।

सुदूरपश्चिमले ध्रुव परासर र जोस ब्राउनलाई प्लेइङ ११ मा समेटेको छ। विराटनगरले मार्टिन गुप्टिल, सुर्य तामाङ, शंकर राना र नरेन भट्टलाई प्लेइङ ११ मा समेटेको छ। यसअघि घाइते भएका गुप्टिल पनि आज फर्किएका छन्।

विराटनगरले सुदूरपश्चिमविरूद्ध ठूलो अन्तरको जितले मात्र उसको दोस्र स्थान पक्का हुनेछ र पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। पराजित भए वा कम अन्तरको जितले विराटनगर तेस्रो स्थानमा सीमित हुनेछ भने इलिमिनेटरमा लुम्बिनी लायन्ससँग खेल्नेछ।

प्रकाशित: २० मंसिर २०८२ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast