एनपीएल : उत्कृष्ट खेलाडी बनेका रोहितले पाए कार, अरु कुन खेलाडीले के पाए?

हिमाल प्रेस २७ मंसिर २०८२ १९:२१ | Saturday, December 13, 2025
106
SHARES
एनपीएल : उत्कृष्ट खेलाडी बनेका रोहितले पाए कार, अरु कुन खेलाडीले के पाए?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले पुरस्कार रकम १ करोड १० लाख प्राप्त गर्ने भएको छ।

त्यस्तै उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख पाउँदा तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमाडौँ गोर्खाजले १५ लाख पाउने छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले प्रतियोगिता सुरू हुनुअघि पहिलो संस्करणको पुरस्कार रकमलाई नै निरन्तरता दिने बताएका थिए।

विजेता टिमका कप्तान रोहित पौडेलले कार पुरस्कार पाए। प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडीको पुरस्कारस्वरूप उनलाई कार दिइएको हो। यो सिजन रोहितले २७४ रन बनाएका छन् भने १० विकेट लिएका छन्। फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिए।

त्यस्तै प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका रोहितले एक थान पल्सर मोटरसाइकलसमेत पाए।

लुम्बिनी लायन्सकै बलर शेर मल्ल प्रतियोगिताको ‘उदयीमान खेलाडी’ बने। उनले पनि एक थान पल्सर मोटरसाइकल प्राप्त गरे। त्यस्तै प्रतियोगिताको उत्कृष्ट बलर बनेका विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले पनि एक थान पल्सर मोटरसाइकल प्राप्त गरे

रेडबुलले प्रदान गरेको ‘इर्नजेटिक प्लेयर अफ द टुर्नामेन्ट’ सुदूरपश्चिमका बलर अभिनास बोहरा भएका छन्। उनले दुई लाख नगद प्राप्त गरे। त्यस्तै ‘प्लेयर अफ द टुर्नामेन्ट’ लुम्बिनीकै रुबेन ट्रम्पेलम्यान चुनिए। उनलाई पाँच लाख नगद प्राप्त गरे।

प्रकाशित: २७ मंसिर २०८२ १९:२१ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast