एनपीएलका खेलाडीका लागि ‘एनपीएल नाइट’

हिमाल प्रेस २७ मंसिर २०८२ २०:०० | Saturday, December 13, 2025
22
SHARES
एनपीएलका खेलाडीका लागि  ‘एनपीएल नाइट’

काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा मंसिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) शनिबार लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ।

यसैबीच खेलाडीको सम्मानका लागि ‘एनपीएल नाइट’ आयोजना हुने भएको छ।

ठमेलस्थित एलओडी क्लबमा शनिबार राति ९ः०० बजेदेखि एनपीएलका विजेता टोलीका खेलाडीसहित अन्य आठ वटै टोलीका खेलाडीको सहभागितामा ‘एनपिएल नाइट’ हुन लागेको हो।

कार्यक्रममा एनपीएल दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्ससहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, पोखरा एभेञ्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्ट्सका खेलाडीको सहभागिता रहने क्लबका प्रमुख रविन श्रेष्ठले जानकारी दिए।

‘नेपालमा क्रिकेटको राम्रो इतिहास रचिँदैछ। एनपीएल खेल्न विभिन्न मुलुकका खेलाडी यहाँ आएका छन्। यसले नेपालको पहिचान थप बढाउनुका साथै एनपीएलका माध्यमबाट प्रचारप्रसार हुँदा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ,’ उनले भने।

एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब मनोरञ्जनात्मक साझेदार बनेको थियो। यसअघि क्लबका प्रमुख श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएल दोस्रो सिजनका लागि एलओडी मनोरञ्जनात्मक साझेदार बन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। आगामी वर्षमा पनि क्लब मनोरञ्जनात्मक साझेदार बन्ने क्यानले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०८२ २०:०० | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast