एनपीएल : प्लेअफमा पुग्यो लुम्बिनी लायन्स

हिमाल प्रेस १९ मंसिर २०८२ १९:३१
6
SHARES
एनपीएल : प्लेअफमा पुग्यो लुम्बिनी लायन्स

काठमाडौँ- लुम्बिनी लायन्सले नेपाल प्रिमिर लिग (एनपीएल) को प्लेअफमा स्थान बनाएको छ। आज (शुक्रबार) भएको खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनीले प्लेअफमा स्थान बनाएको हो।

त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले जनकपुरविरुद्ध ४ विकेटको जित निकालेको हो। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्स प्लेअफमा पुगिसकेका छन्।

जनकपुरले लुम्बिनीलाई १३३ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य लुम्बिनीले ५ बल बाँकी छँदै भेटाएको हो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३४, डार्सी सटले ३०, जेजे स्मितले २१, निरोशन डिकवेलाले १७ र दिलिप नाथले नाटआउट १५ रन बनाएका थिए।

जनकपुरका संगीत कुरेले ३, मयन यादवले २ र सञ्जय कृष्णमूर्तिले १ विकेट लिएका थिए।

सुरुमा ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३२ रन बनाएको थियो।

जनकपुरका लागि संगीत कुरेले नटआउट ४५, मयन यादवले नटआउट २७, आशिफ शेखले २० रन बनाएका थिए।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले समान २/२ विकेट लिए। जेजे स्मिट र रुबेन ट्रम्पलेमनले १/१ विकेट लिए।

प्रकाशित: १९ मंसिर २०८२ १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast