एनपीएल : लुम्बिनी क्वालिफायर–२ मा, काठमाडौँ बाहिरियो

हिमाल प्रेस २४ मंसिर २०८२ १९:२८ | Wednesday, December 10, 2025
22
SHARES
एनपीएल : लुम्बिनी क्वालिफायर–२ मा, काठमाडौँ बाहिरियो

काठमाडौँ- काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–२ मा प्रवेश गरेको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले काठमाडौँलाई चार विकेटले पराजित गरेको हो। यो हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ।

जितसँगै लुम्बिनीले बिहीबार हुने क्वालिफायर–२ मा विराटनगर किंग्ससँग प्रतिपस्पर्धा गर्नेछ। काठमाडौँले प्रस्तुत गरेको ११२ रनको लक्ष्य लुम्बिनीले ६ विकेट गुमाएर १७.४ ओभरमा पूरा गर्‍यो।

मध्यम लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका लागि डी आर्सी सर्टले ३३, कप्तान रोहित पौडेलले १८, सन्दीप जोराले २३, र निरोसन डिकवेलाले १४ रनको योगदान दिए।

काठमाडौँका लागि सन्तोष यादवले २, करण केसी, सन्नी पटेल, साहब आलम र रासिद खानले १–१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको काठमाडौँका ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। लुम्बिनीका बलरसामू काठमाडौँको ब्याटिङ लाइन धारासायी बन्यो।

काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए। भीम सार्कीले १४, जौन सिम्पसनले १८, मोहम्मद आलमले १८ र करण केसीले ९ रनको योगदान दिए।

लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले ३–३, रुवेन ट्रम्पलम्यानले २ र अभिषेश गौतमले १ विकेट लिए।

प्रकाशित: २४ मंसिर २०८२ १९:२८ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast