एनपीएल : इलिमिनेटरमा भिड्दैछन् काठमाण्डू र लुम्बिनी, हार्ने टोली बाहिरिने

हिमाल प्रेस २४ मंसिर २०८२ ७:१६
4
SHARES
एनपीएल : इलिमिनेटरमा भिड्दैछन् काठमाण्डू र लुम्बिनी, हार्ने टोली बाहिरिने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका थिए।

प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन्। सात खेलबाट १० अंकसहित लिग चरणमा काठमाण्डूले तेस्रो स्थान सुनिश्चित गरेको थियो। यता, समान खेल खेलेको लुम्बिनीले भने आठ अंक जोडेको थियो।

काठमाण्डूविरुद्ध मैदान उत्रिँदा लुम्बिनी लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ। यसअघि लिगमा काठमाण्डूले लुम्बिनीविरुद्ध २२ रनको जित निकालेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

यसअघि मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७७ रनको हार ब्यहोरेको थियो।

प्रकाशित: २४ मंसिर २०८२ ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast