काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेल कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो।
१३० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १२६ रन बनाउन सक्यो।
यी दुवै टिम प्रतियोगिताबाट भने बाहिरिसकेका छन्।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।
प्रकाशित: २१ मंसिर २०८२ १९:००
प्रतिक्रिया



