एनपीएल : सुदूरपश्चिम फाइनलमा, विराटनगरको लज्जास्पद हार

हिमाल प्रेस २३ मंसिर २०८२ १९:१४
16
SHARES
एनपीएल : सुदूरपश्चिम फाइनलमा, विराटनगरको लज्जास्पद हार

काठमाडौँ- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान पक्का गरेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्वालिफायर–१ मा विराटनगर किंग्सलाई ७७ रनको अन्तरले पराजित गर्दै  सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो।

जितका लागि १५६ रनको लक्ष्य पछ्याएको विराटनगरका ब्याटरहरू सस्तोमा आउट हुँदा सुदूरपश्चिमले सहज जित निकाल्यो। सुदूरपश्चिमका बलरहरू सामु विराटनगरका ब्याटरहरू धारासायी भए। विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रनमात्रै बनाउनसक्यो।

खेलको पहिलो बलमै विकेट गुमाएको विराटनगर आरम्भदेखि दबाबमा परेको थियो। ओपनिङका लागि आएका सैम हिजलेट शून्यमा आउट भए। फाफ डुप्लेसीसले प्रयास गरे पनि अर्को एन्डबाट सहयोग पाएनन्।

फाफ डुप्लेसीसले सर्वाधिक ३६ रन बनाए। त्यस्तै बसिर अहमद १२ रनको योगदान दिए।

सुदूरपश्चिमका लागि अविनास बोहरा, हर्मित सिंह र स्कट कुगेलाइनले २–२, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रनको योगफल खडा गरेको थियो।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए। त्यस्तै मुख्तार अहमले १०, सेल्डन ज्याक्सनले २०, इशान पाण्डेले १३, हर्मित सिंहले १४, आरिफ शेखले २० रनको योगदान दिए।

विराटनगरका लागि मर्चेन्ट डी लैंग र प्रतिश जिसीले २–२, सूर्य तामाङ र सैम हिजेलेटले १–१ विकेट लिए।

विराटनगरले एलिमिनेटरको विजेतासँग खेल्ने मौका पाउनेछ। एलिमिनेटरमा प्रतिस्पर्धा गरिरहेका काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सको विजेतासँग विराटनगरले खेल्ने मौका पाउनेछ।

यो खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ।

प्रकाशित: २३ मंसिर २०८२ १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast