काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा भएको खेलमा विराटनगरले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको हो।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ रन बनाएका थिए। लुम्बिनीका लागि शेर मल्लले ३, जेजे स्मिट, अभिशेष गौतम र रुबेन ट्रम्पेलमनले समान १/१ विकेट लिए।
प्रकाशित: १७ मंसिर २०८२ १७:४७
प्रतिक्रिया



